लिटल फ्लावर र स्टेपिङ स्टोन उपाधिका लागि भिड्ने

धनगढी - धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटल फ्लावर स्कुल र स्टेपिङ स्टोन भिड्ने भएका छन् ।
आज भएको सेमीफाईनलमा जित हासिल गर्दै दुई टीम उपाधिका लागि शुक्रबार भिड्न लागेका हुन् ।
आजको पहिलो सेमीफाईनलमा स्टेपिङ स्टोनले एरिष्टो स्कुललाई ९ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको एरिष्टोले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनायो । प्रतिउत्तरमा स्टेपिङ स्टोनले ९ ओभरमा एक विकेट क्षतिमा लक्ष्य भेट्टायो ।
आजकै दोस्रो सेमीफाईनलमा लिटल फ्लावरले पञ्चोदय माविमाथि १९ रनको जित दर्ता गर्यो । पहिले ब्याटिङ गर्दै लिटल फ्लावरले २० ओभरमा ७ विकेट क्षतिमा एक सय ३९ रन बनायो ।
प्रतिउत्तरमा पञ्चोदयले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रन मात्रै बनाउन सक्यो ।
धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगिता शुक्रबार सकिदैछ ।
प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया