चैत ९ गतेदेखि कृषि यान्त्रिक प्रदर्शनी चितवनमा
चितवन : पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र एस्क्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई÷दुई वर्षमा गरिँदै आएको छ । प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसिनरी सामग्री राखिनेछ । विश्वमा प्रचलनमा रहेका यन्त्रलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिईने उनले बताए ।
यसअघि कोहलपुर, धरानलगायतका जिल्लामा प्रदर्शनी गरिएको थियो । चितवनमा दोस्रो पटक प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । व्यावसायिकरुपमा कृषिजन्य उपकरणको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
यस प्रदर्शनीले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका कृषि उद्यमीलाई सहयोग पुग्ने सङ्घकी केन्द्रीय सदस्य सुनिता नोमाफुकीले बताए । यस प्रदर्शनीले सरकारलाई समयसापेक्ष नीति निर्माणमा समेत सहयोग पुग्ने उनले बताए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया