‘२ नम्बरी’मा पलको ठाउँमा सौगात

काठमाडौँ- चैत्रको १५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्लको इन्ट्री भएको छ । २ वर्ष अगाडि शुभसाइत गरेर छायांकन सुरु गर्दा चलचित्रमा नायक पल शाहको मुख्य भूमिका थियो । तर, चलचित्रको छायांकन भैरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । २ वर्षपछि चलचित्रलाई फेरि सुरुबाट नै खिच्ने तयारी गरिएको छ ।
नायक पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा नायक सौगात मल्ललाई अनुबन्धित गरेको हो । सौगात मल्ल अनुबन्धित भएसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।
चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले २ साथीको मित्रताको कथा भन्नेछ । सौगात मल्लको प्रवेशसँगै निर्माणपक्षले यसको प्रदर्शन मिति पनि तय गरेको छ ।
चलचित्रलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । चलचित्रमा दीपक मनाङ्गे र अमला देवी राईको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया