आँचल र विज्ञान अभिनित 'शिरमाथि शिरफूल' सार्वजनिक

काठमाडौँ- म्युजिक भिडियो शिरमाथि शिरफूल सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ ९शिशिर०को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् ।
भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञान लाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ । सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार , गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ । भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया