बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि मस्को क्रुद्ध

मस्को- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ ।
पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ । ’ राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीग्लौजमा उत्रिएको विश्लेषण हुन थालेको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया