वडाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जीतेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अभियुक्तहरूले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आयोगको अनुसन्धानबाट प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो रकमको दोब्बर जरिवाना हुनुपर्ने मागदाबीका साथ आरोपपत्र दायर गरिएको जनाइएको छ ।
आरोपीबाट एक लाख दुई हजार ५८५ असुलउपर गराउन आरोपपत्रमा माग गरिएको छ । त्यसैगरी, अनामिका रौनियारबाट रु एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिवाना गर्न तथा कैद सजायको माग गरिएको छ ।
–––

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया