भारतमा कोरोनाभाइरसबाट थप २८ सय सङ्क्रमित

एजेन्सी – भारतमा कोरोनाभाइरसका कारण थप दुई हजार ८७६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड २९ लाख ९८ हजार ९३८ पुगेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ३२ हजार ८११ मात्रै रहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण पाँच लाख १६ हजार ७२ जनाको मृत्यु भएको छ । ती मध्ये ९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सोही अवधिमा तीन हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २४ लाख ५० हजार ५५ पुगेको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया