घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित गरेको गुनासो

काठमाडौँ - नेपाल घरेलु तथा साना उद्योग महासंघले घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित गरेको गुनासो गरेको छ ।
हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको निर्यातको ६० प्रतिशत घरेलु तथा साना उद्योग क्षेत्रले योगदान पुरा भएपनि राज्यले भने अझै पनि उपेक्षित गरेको गुनासो गरेको हो ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हाल ४ लाख ८७ हजार ६ सय ४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा रहेको जानकारी दिए ।
उनले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको बिद्युतीय तथ्याङ्क अध्यावधिक गर्ने योजना रहेको बताए ।
त्यस्तै उनले सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरि उद्यमीहरुलाई सहूलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजिकरण गर्ने पनि बताए ।
नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने उल्लेख गरे ।
महासंघमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया