नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको हो ।
यूएईको सारजाहमा पपुवा न्युगिनीले दिएको दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले महत्वपूर्ण शतकीय साझेदारी गर्दै नेपालको जितको आधार बनाएका थिए । रोहितले ५८ रन बनाउँदा आरिफले ५३ रनको योगदान दिएका हुन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया