मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

आज एमालेको संसदीय दलको बैठक : खनाल-नेपाल समूह जालान ?

काठमाडौँ : नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बिहीबार विहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बस्‍न लागेको हो ।

बैठकका लागि एमालेले सबै सांसदहरूलाई खबर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहले बोलाएको बैठकमा झलनाथ खनाल-माधव नेपाल समूह भने जाने सम्भावना कम रहेको छ । खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला जारी छ । भेला हिजोदेखि आजसम्‍म चल्‍नेछ ।