देशभर ४५७४ कोरोनाका सक्रिय संक्रमित

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २१३ जना निको भएका छन् । यससँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ६१ हजार ५ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ लखा ५ हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया