सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा अब वस्तुगत प्रश्न मात्र सोधिने (पाठ्यक्रमसहित)

काठमाडौं - शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ ।

सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने छ ।

यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो ।

परीक्षामा १०० पूर्णाङक राखिएको छ भने ५० पूर्णाङक उत्तिर्णांक राखिएको छ ।