आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

यस्तो छ टेलिकम ग्राहकलाई होली अफर

काठमाडौँ - नेपाल टेलिकमले फागु पूर्णिमा (होली पर्व)को अवसरमा आफ्ना ग्राहकहरूलाई नयाँ अफर ल्याएको छ । चैत ३ देखि १७ गते सम्मका लागि टेलिकमले नयाँ योजना सार्वजनिक गरेको हो । टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) उपलब्ध गराएको छ ।

 अफर अन्तर्गत ६९ रूपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टासम्म उपलब्ध हुनेछ । त्यस्तै ९८ रूपैयाँमा ६ जीबी डाटा ३ दिन सम्म प्रयोग गर्न सक्नेछन् । मूल्य २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अफर  *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।  फागु पूर्णिमा तथा चैतै दसैंलाई समेत लक्षित गरेर यो अफर ल्याएको टेलिकमले जनाएको छ ।