आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

वैदेशिक शिक्षाको यात्रा सहज बनाउँदै सर्च एजुकेसन

काठमाडौँ- सर्च एजुकेसन नेपालले विद्यार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा  सर्च एजुकेसन डट कम मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने कम्पनीले विश्वास लिएको छ ।

यस एपको प्रयोगले विद्यार्थी विभिन्न कलेज र युनिभर्सिटीमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्ट लिस्ट गर्न सक्ने लगायतका जानकारी लिन सक्नेछन्। साथै शैक्षिक सेवाहरुको अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि बारे आवश्यक पर्ने कुराहरूबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने कम्पनीको दावी छ ।