भगवन्त मानले लिए पन्जाबको मुख्यमन्त्रीको सपथ

नयाँ दिल्ली– आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन् । मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन् । उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।
विशाल सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र सो राज्यका मानिसहरुको उपस्थित थियो । सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यबाद दिएका थिए ।
समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेता र महिला पहेँलो सलमा सजिएका थिए । ११७ सिट रहेको पन्जाब बिधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को बिधान सभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको थियो ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया