सेयर बजार १९ अंकले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको चौथो कारोबारको दिन बुधबार १९ अंकले घटेको छ । आजको कारोबारमा बजार परिसूचक १९.६५ अंकले घटेको हो।
आइतबार १ सय अंक माथिले बढेको बजार सोमबार समस्याले गर्दा २ घण्टा मात्रै कारोबार तथा मंगलबारको कारोबारमा १७ अंकले घटेको थियो।
बुधबार २६५०.९७ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३१.३२ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.७६ प्रतिशतले बजार घटेको छ। बुधबार 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.०४ प्रतिशत अर्थात ५.२२ अंकले घटेर ४९७ दशमलव ३७ अंकमा उक्लिएको छ ।
बुधबार कारोबार रकममा पनि कमी आएको छ। आज कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५७ करोड ४ लाख १ हजार १ सय ८८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता सेयर ३७ हजार ३२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।
समूहगत परिसूचकमा होटेल तथा पर्यटन, निर्जीवन बीमा समूह तथा म्यचुअल फण्ड समूह बढ्दा अन्य १० समूहको सेयर मूल्य घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सेयर २.०९ प्रतिशतले बढेको छ । आज अन्य समूहका सेयर मूल्य भने घटेको छ । अन्य समूह परिसूचक आज २.४७ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले बजार घट्दा आज कारोबार भएका ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा इमर्जीङ नेपाल लिमिटेड, मैलुङ खोला जलविद्युत आयोजना, सोल्टी होटेल लिमिटेड, ओरियन्टल होटेल लिमिटेड तथा नेपाल फाइनान्स लिमिटेड सर्वाधिक कमाइ गर्ने पाँच कम्पनीभित्र परेका छन् ।
आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, गरिमा विकास बैंक, अपी पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा हिमालयन डिस्टिलरी लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण, युनाइटेड आइडी आई आरबी हाइड्रो पावर, शिव श्री हाइड्रो, घेल्मदी हाइड्रो तथा लिवर्टी इनर्जी लगायतका कम्पनी रहेका छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

प्रतिक्रिया