कुलोको समिति गठन गर्ने भन्दै माओवादी नेतालाई एमाले प्रवेश गराएपछि...
दाङ- नेकपा माओवादी केन्द्रका चार जना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आफूहरू माओवादी केन्द्रमै रहेको बताएका छन् ।
माओवादी नेताहरू सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले संयुक्त विज्ञप्ति निकालेर आफूहरू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएका हुन् ।
‘२६ फागुनमा तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीहरुलाई बोलाइयो । त्यहाँ कुलोको समिति भनि सीताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो । तर, पछि सामाजिक सञ्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ जारी विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेको र अहिले पनि माओवादी केन्द्रमै रहेको कुरा जानकारी गराउँदै एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले पनि विश्वास नगर्न हुन् अनुरोध गर्दछु ।’

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया