विराटनगरमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

काठमाडौं- नोबेल मेडिकल कलेजका चिकित्सकले बिरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन्।
भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो। ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए। घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो।
विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।डा.शाहकाअनुसार ती युवाको पेटको खाना नलीमा बक्कल आमाशयमा सिक्री अड्किएको थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो। आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो ।
पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धि चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले वक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएको हो। चिरफार नगरी बक्कल र सिक्री निकालिएपछि उनको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया