रुसी हमलामा पत्रकार मारिए

न्युयोर्क- रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ ।
मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् ।
हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ ।मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । एजेन्सी

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया