युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिमाना

किभ - युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।
सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’
ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया