अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी बैतडीबाट पक्राउ
बेतडी : अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् ।
प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए ।
प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि आज नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ । रासस

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया