अफगानिस्तानमा सुरक्षा कारबाहीमा ३४ लडाकू मारिए

कान्दाहार : अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीका क्रममा थप ३४ लडाकूको मृत्यु भएको छ । तालिबान लडाकूविरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।
लडाकू विमानसमेत परिचालन गरेर गरिएको सुरक्षा कारबाही अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा भएको थियो । सुरक्षा कारबाहीका क्रममा अरू नौ जना घाइते पनि भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन् ।
घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको समाचारमा जनाइएको छ । (रासस)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया