मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

नेपाल समूहको भेलापछि महासचिवको प्रतिक्रिया : निर्देशनविपरीतका क्रियाकलाप नोट गरिन्छ

फाइल तस्बिर

काठमाडौँ : एमालेका महासचिव ईश्‍वर पोख्रेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापुर्वक लिएको बताएका छन् । बुधबारबाट राजधानीमा सुरु विरष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलाबारे प्रतिक्रिया दिंदै त्यस्तो पोखरेलले त्यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन दिएका थिए । त्यो निर्देशनविपरीत वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहले आयोजना गरेको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिव पोखरेलले त्यस्ताो बताएका हुन् । 

महासचिव पोख्रेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको बताए । उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशनविपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने पनि बताए । 

पार्टी अध्यक्ष ओलीले धुमबाराहीमा नेताहरूलाई बोलाएर सोमबार भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्‍न अनुरोध गरेका थिए । ओलीले त्यो वार्तामा चियापानमा सहभागी हुन गरेको आग्रह गरेका थिए । त्यो आग्रह पनि नमानेर नेताहरूले राम्रो नगरेको पोखरेलको भनाइ छ । 

उनले भने,  “अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ । आज र भोली आयोजना भएको यो कार्यक्रमबारे गम्भीरताका साथमा नोट गरिन्छ । ”