वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ : ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'अहिले मुलुक विषम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।'
'कोभिड १९ को कारण तथा रुस र युक्रेन बीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,' उनले भने।
आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरूको एउटै आवाज पाएको सबैले स्थानीय विकास र पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका औल्याएको बताउँदै ढकालले यदि स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समान बुझाई भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरूको रुपमा विकास गर्न सकिने बताए ।
छोटो समयमा पर्यटन पूर्वाधारको विकासबारे आफ्नो अनुभव सुनाउँदै, ढकालले भने यदि स्थानीय व्यवसायीहरुले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधन श्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वको तर्फबाट मात्र नभई आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आइएमई बैंकको अध्यक्षको रुपमा समेत सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंशा गर्दै, उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_5s1pCeurkD_wfz5welgpyeaaxgugdh912jqflwggcj5rjo1ez1jabhj5uzcykobwxygbvbl.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

प्रतिक्रिया