आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

८३ जनामा संक्रमण पुष्टि, १३० जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा ८३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ पीसीआर परीक्षणमा ५७ जना र ३ हजार १५० एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १३० जना  संक्रमणमुक्त भएका छन् । हाल ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।