चीनमा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्यो

काठमाडौँ - चीनमा केही दिनयता कोभिड भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा सोमबार मात्र कोभिड भाइरसका सङ्क्रमितको सङ्ख्या तीन हजार ५०७ जना भेटिएका नेशनल हेल्थ कमिसनले मङ्गलबार जनाएको छ ।
नयाँ स्थानीय सङ्क्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।
बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ । सोमबार कुल ९५ वटा आयातित कोभिड–१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ ।
सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए । जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो । सन् २०१९ को डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो ।
त्यहाँका सबैजसो नागरिकालाई कोभिड पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया