नेपाल राष्ट्र बैंक विराटनगरअगाडि उद्योगी व्यवसायीको प्रदर्शन

विराटनगर - बैंकको ब्याजदर ६ प्रतिशत कायम गर्न माग गर्दै मोरङ(सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक प्रदेश १ कार्यालयअगाडि प्रदर्शन गरेका छन् । बढ्दो ब्याजदरका कारण उद्योगी व्यवसायीहरू मारमा परेको भन्दै उनीहरूले बिरोध जनाएका हुन् ।
निक्षेप र कर्जामा बैंकहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएको भन्दै विरोध जनाएका हुन् । ज्ञापन पत्र बुझाउन भनेर गएका उद्योगी व्यवसायीहरूलाई राष्ट्र बैंक विराटनगरकी प्रमुख मीना पाण्डेले बेवास्ता गरेपछि उनीहरूले गेटमै बसेर विरोध जनाएका छन् ।
मोरङ व्यापार संघको अगुवाईमा गएको उद्योगी व्यवसायीहरूले उत्पादनमुलक उद्योगहरूलाई बैंक ऋण सहज गर्न, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न, संस्थागत निक्षेप ६ प्रतिशत कायम गर्न, लगानी मैत्री वातावरण तयार पार्न माग गर्दै आएका छन् । सोहीक्रममा समाचार संकलन गर्न गएका पत्रकारहरू माथी राष्ट्र बैंकका सुरक्षा गार्डहरूले दुर्व्यवहार गरेका छन् ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया