मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

‘एमालेलाई २०७५ मा फर्काएपछि मात्र केन्द्रीय कमिटी बैठकमा जान्छौँ !’

काठमाडौँ : एमाले संसदीय दलको बैठकमा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी नहुने भएका छन् । राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने नेपाल समूहले जनाएको हो ।

राष्ट्रिय भेलाको पहिलो दिनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोपक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरूको सहभागिता नहुने जानकारी दिए । 

त्यस्तै चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको उनले बताए । सर्वोच्च अदालतको आदेश अनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने भट्टराईले बताए । 

त्यस्तै उनले आफूहरुको उद्देश्य विभाजन नरहेको स्पष्ट पारे । नेता भट्टराईले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन फिर्ता नगरिएको पनि बताए । राष्ट्रिय भेलामा नेता नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको भट्टराईले बताए ।