मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, एकताको सम्भावना अझै छ’

काठमाडौँ : माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अगाडि नसारेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।  राजधानीमा आयोजित एक साक्षात्कारमा उनले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने सम्भावना रहेको उनको भनाई छ । उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको बताए । अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि उनले बताए । नेता शर्माले देशको राजनीतकि परिस्थिति अलि अली गम्भीर नै रहेको पनि बताए ।