आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

युक्रेनमा अघि बढ्ने रुसी प्रयास रोकिएको अमेरिकी रक्षा मन्त्रालयको दाबी

युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको दाबी गरिएको छ । युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको हो ।

युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको मन्त्रालयलाई उदृत गर्दै  बीबीसीले लेखेको छ ।

दिनभरि गोलाबारी भएको राजधानी किभमा रातको समयमा विस्फोटन भएका छन् ।