लागुऔषध गाँजा र अफिम नष्ट अभियानमा प्रहरी

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेको छ। ३० फागुनदेखि २ चैतसम्मको लागि लक्षित गरी सुरु गरेको अभियानको पहिलो दिन २८ विगाहा जमिनमा लगाइएको लागुऔषध अफिम नष्ट गरेको छ।
गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयूक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलीले लागुऔषध अफिम नष्ट गरेको हो।
पहिलो दिन मकवानपुरको राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही पालिकाको वडा ५ अन्तर्गत बमकिङ, लाफरलगायतको वडा क्षेत्रमा २८ बिगाहामा लगाएको अवैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए।
यसैगरी ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलीले मकवानपुर जिल्लाको बकैया गाउँपालिका ६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाहामा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको सापकोटाले बताए।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया