आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा दर्लामी अगाडि

काठमाडौँ - नेपाल इन्जिनियर्स एसोसिएसनको जारी मतगणनाअन्तर्गत अध्यक्ष पदको लागि इन्जिनियर डा. हरि बहादुर दर्लामी र डा. सुरज लामिछानेबीचको मतगणनामा दर्लामी ८ सय १५ मतले अघि देखिएका छन् ।  जम्मा ८ हजार १ सय ५६ मध्ये हालसम्मको मतगणना अनुसार दर्लामी ३३२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लामिछानेले २५०५ मत पाएका छन् ।

त्यस्तै उपमहासचिवको लागि भैरहेको सरोज धिताल र शिवराम केसीबीच ११२४ मतअन्तर देखिएको छ । धितालल् ३०९२ मत पाउँदा केसीले ११२४ मत पाएका छन् ।