प्रदेश १ को सञ्चारमाध्यम व्यवस्थापन गर्न सरकारले ल्यायो एकीकृत विधेयक

विराटनगर । प्रदेश १ मा रहेका सञ्चारमाध्यमहरुलाई व्यवस्थापनका लागि भन्दै प्रदेश १ सरकारले एकीकृत ऐनका रुपमा प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक ल्याएको छ । सरकारको तर्फबाट यातायात तथा सञ्चार मन्त्रालयले तयार पारेको उक्त विधेयकलाई मन्त्रिपरिषद्ले प्रदेशसभामा लैजान सहमति दिने निर्णय गरेपछि प्रदेशसभा सचिवालयमा दर्ता गरिएको हो ।
विधेयकमा प्रदेश १ मा रहेका अनलाइन तथा पत्रपत्रिकाहरुको दर्ता तथा नविकरण गर्ने, संचार माध्यम र पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण तथा कार्यन्वयन, आचारसंहिता निर्माण तथा कार्यन्वयन गर्ने लगायतका काम गर्न प्रदेश मिडिया काउन्सिलको व्यवस्था गरेको छ ।
प्रदेश सभामा विधेयक दर्ता गरेपछि यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै गठबन्धन सरकार निर्माण भएपछि पहिलो विधेयकका रुपमा संचार क्षेत्र व्यवस्थापन सम्बन्धि विधेयक ल्याएको बताए । उनले ऐनमार्फत प्रदेशमा प्रदेश मिडिया काउन्सिलको व्यवस्था गरिएको, काउन्सिलमार्फत नै पत्रपत्रिका तथा सञ्चार क्षेत्रको अभिलेखीकरण गरिने, नियमन गरिनेलगायतका काम गरिने बताए ।
उक्त विधेयकमा प्रदेश मिडिया काउन्सिल गठन, श्रमजीवी पत्रकार, वीमा, विज्ञापन, पत्रकार प्रशिक्षणलगायत प्रसारणसम्बन्धी व्यवस्था गरिएको छ । त्यस्तै महिला, दलित, अपाङ्गता भएकाहरूले पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन गर्न चाहेमा प्रदेश सरकारले तोकिएबमोजिमको छात्रवृत्ति रकम उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ ।
यसैगरी महिला, दलित, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका, दुर्गम क्षेत्रका एवम् विभिन्न राष्ट्रिय भाषामा सञ्चालित सञ्चार माध्यमले तोकिएबमोजिम विशेष सहुलियत प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ । विधेयकमा प्रेस रजिष्ट्रारको व्यवस्था गरी प्रदेशबाटै पत्रकार परिचय पत्र वितरणको व्यवस्था मिलाइएको छ । विधेयकमा आठ परिच्छेद र ४५ धारा छन् ।

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

प्रतिक्रिया