भारत, चीन अमेरिकासँग भिडिरहको छु भुटानसँग पनि लड्छु, शरणार्थी फर्काउने पहल गर्छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले घर फिर्ती र पुनः बसोबासको टुंगो लाग्न नसकेका भुटानी शरणार्थीको व्यवस्थापनमा आफू लागि परेको बताएका छन् । भुटानका मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई बालुवाटारमा बुधबार भेट दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् । शरणार्थी नेता रिजाल भुटानबाट लखेटिएपछि भारतमा केही समय बिताएर नेपाल आएका हुन् ।
उनले सधैँ घर फिर्तिको पहल गरे तर त्यसमा प्रगति हुन नसकेपछि तेस्रो मुलुक पुनःबसोबासमा पनि जोड दिँदै आफ्ना सन्ततीलाई क्यानडा पठाउन बाध्य भए । यतिबेला उनको लडाईं भनेको तेस्रो मुलुक पुनः बसोबासमा जान नपाएका र नगएकाहरूको समस्या लिएर प्रधानमन्त्री र अन्य मन्त्रीहरू भेटेका हुन ।
आफूहरु आफ्नै थातथलोमा जान पाउनुपर्ने अडान राख्दै त्यसको वातावरण बनाइदिन सरकालाई आग्रह गरेको उनले इकागजलाई बताए । अब मुस्किलले सात हजार शरणार्थी नेपालमा रहेकाले यतिलाई नेपाल सरकारले कूटनीतिक पहल गरेर स्वदेश फर्काउन सकोस भन्दै उनले आग्रह गरेको पनि बताए ।
बाँकी रहेका करिब सात हजार भुटानी शरणार्थी जीवनयापनको स्थिति चिन्ताजनक रहेको भन्दै गाँस, बास र कपाससहित मानवअधिकार रक्षाका लागि भन्दै प्रधानमन्त्रीसँग आग्रह गरेको छ । उनले दुई दिन अघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेर यस्तै समस्याको पाको फुकाएका थिए ।
यतिबेला झापा-मोरङका शरणार्थी शिविर र त्यसबाहेक पनि दर्ताबिहीन अवस्थामा बाहिर बसेका भुटानी नागरिकले स्थानीय तहमा व्यवहार गर्न परिचयपत्रसमेत अद्यावधिक गर्न नपाएको भन्दै त्यसमा सरकारको ध्यान जानुपर्ने उनले बताए । राष्ट्रसंघको समन्वयमा दातृ निकायले खाद्यान्न सहित शिक्षा, स्वास्थ्यमा सहयोग गर्दै आएको तर त्यसमा कटौती गरेपछि अहिले असहज भएको जानकारी पनि उनले दिए ।
उनले शरणार्थीको मुख्य चाहना भनेको आफ्नै थाकथलो फर्कने भन्ने नै हो तर तत्कालका लागि जिउने वाताबरण तय गर्न नेपाल सरकारले समस्या परेकालाई व्यवस्थापन गर्नुपर्ने धारणा छ । शरणार्थी फर्काउनेबारे नेपाल सरकारले भुटान र भारतसँग तत्काल छलफल गर्न जरुरी रहेको उनले बताए । उनले पहिलेदेखि नै नेपालले भारतसँग विशेष छलफल नगरी शरणार्थी फर्कने अवस्था नरहने बताएका थिए ।
बाँकी रहेका भुटानी शरणार्थी फर्काउने विषयमा आफू नेपाल सरकारको तर्फबाट लडिरहेको प्रधानमन्त्रीले रिजाललाई सुनाएका थिए । ‘म भारत, अमेरिका, चीनसँग लडिरहेको छु । भुटानसँग नलड्ने कुरै भएन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै रिजालले भने, ‘बाँकी रहेका शरणार्थीलाई घर फर्काउन पहल भइरहेको छ । म रहुन्जेल शरणार्थीलाई वेहाल बनाउने छैन ।’ उनले घरफिर्तीबारे संवादको पहल भइरहेको र तेस्रो मुलुक जान चाहनेलाई त्यसतर्फ पठाउने पनि पहल हुने बताए ।
नेपाल सरकारले मानवीयताको आधारमा नै भुटानी शरणार्थीलाई आश्रय दिएको बताउँदै त्यसमा नेपालको हृदय ठूलै रहेको पनि बताए । शरणार्थी मामिला सम्वन्धी राष्ट्रसंघीय आयोग (यूएनएचसीआर)को पहलमा तेस्रो मुलुक पुनः बसोबास थालेको र एक लाखबढी तेस्रो मुलुक पुनः बसोबासमा गएको उल्लेख गर्दै त्यो आफ्ना पहलमा त्यतीबेला अघि बढेको समत उनले सुनाएका थिए । उनीहरु अहिले पुनः बसोबास गरेबाँकीको हकमा समाधान खोजौंला भनेर शरणार्थी उच्च आयोगले भने अनुरुप नै तेस्रो मुलुक पठाइएको हो । जान चाहनेलाई मात्र पठाइएको पनि उनले बताए ।
बाँकी रहेका शरणार्थीलाई प्रधानमन्त्रीले अर्को व्यवस्था नभएसम्म यहाँ रहन सहज हुने बैकल्पिक व्यवस्था गरिने आश्वासन रिजाललाई दिए । स्थानीय श्रम बजारमा काम गर्न मिल्ने स्वरोजगारलाई सहयोग हुने, शिक्षा र स्वास्थ्यमा पनि सहजीकरण गर्ने जस्ता आश्वासन प्रधानमन्त्रीले दिएका हुन् ।
भुटानी राजा जिम्मेसिंगे वाङचुङले नेपाली भाषिबाट आफूलाई खतरा महसुस गरेपछि ९० को दशक लाग्दै गर्दा त्यहाँको सरकारले आफ्नै नागरिकमाथि ‘जातीय सफाया’ गरेको थियो । नेपाली भाषिलाई लक्षित गरेर उक्त सफाया गरेको हो । आफ्नो सम्पत्तिलाई जफत नै गरेर भुटानबाट जबरजस्ती लखेटेको थियो । उनै नेपाली भाषिहरु भारतीय बाटो हुँदै एक लाख बढी भुटानीहरु नेपाल प्रवेश गरेका थिए ।
उनीहरू लामो समय (झण्डै अढाई दशक) देखि शिविर जीवन बिताएर तेस्रो मुलुक पुनःबसोबासमा गएका हुन । आफ्नै घर फर्कने अड्डी लिएर बसेकाहरु पनि अहिले थाकेको र उनीहरु नेपालमा नै सहज भएर रहन खोजेको पनि बताइएको छ । झापा र मोरङका बाँकी रहेका दमक र पथरी शिविरमा यतिबेला साढे ६ हजार शरणार्थी बस्छन भने एक हजार पाँच सय शरणार्थी दर्ताविहीन हैसियतमा नेपालभर यत्रतत्र छरिएका छन् ।

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रतिक्रिया