सिस्टम समस्याले नेप्सेमा १ घण्टा ५० मिनेटमात्र कारोबार

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको दोस्रो कारोबारको दिन करिब १ घण्टा ५० मिनेटमात्र कारोबार भएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या आएको भन्दै नेप्सेले कारोबार करिब १२ बजेर ५० मिनेटमै बन्द गरेको थियो । समस्या समाधान पश्चात समय थपेर कारोबार गर्ने भनेपनि समयमा समस्या समाधान नभएको भन्दै आजको लागि कारोबार बन्द भएको छ ।
कारोबारको सुरुवातबाटै गिरावट देखिएको बजार बन्द हुने समयमा ०.१५ अंकले सकारात्मक भएर २६६८.१२ अंकमा परिसूचक पुगेर बजार बन्द भएको थियो । सिस्टम डाउनअघि सम्म नेप्सेमा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । १८ हजार ५ सय ९७ पटकको किनबेचमा २३ लाख ४९ हजार १० कित्ता सेयर खरिद-बिक्री भएको थियो । जसमा २२० कम्पनी सहभागी थिए ।
समूहगत उपसमूहका परिसूचक ६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा समूहको सेयर मूल्य बढेको छ । जीवन बीमा समूह आज १.०८ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै आज व्यापार समूहको सेयर मूल्य घटेको छ । व्यापार समूह आज ३.१६ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय कम्पनीको सेयर मूल्य घटेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जीङ नेपाल लिमिटेड, कर्पोरेट डेभलोमेन्ट बैंक, स्वालम्बन लघुवित्त तथा प्रभु इन्सोरेन्स आज सर्वाधिक कारोबार गर्ने ५ कम्पनीभित्र परेका छन् ।
त्यस्तै सानिमा लार्ज क्याप फण्ड, युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रो पावर, साल्ट ट्रेडिङ कर्पोरेसन, मैलुङ खोला जलविद्युत तथा गुँरास लघुवित्तको सेयर गमाउने पाँच कम्पनी भित्र परेका छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

प्रतिक्रिया