एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा
नुवाकोट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए ।
“एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्बाट पास गराउन पेस गर्नुभएको हो”, प्रधानमन्त्री देउवाले सांसद भीम रावलप्रति टिप्पणी गर्दै भन्नुभयो, “एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्नेले त्यो समयमा किन राजीनामा नदिएको ?”
सरकारमा हुँदा एमसीसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
उनले एमसीसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यस (एमसीसी)को त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा रहेकाे बताए ।कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया