इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ - डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । इसेवा र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
यस सम्झौतासँगै, संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी भुक्तानी केन्द्र र इसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरी रहेका ७ हजार बढी सहकारी संस्थाहरूबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ ।
यसका साथै, प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरूमा रकम जम्मा गर्न समेत सकिनेछ ।
सम्झौता बारे आफ्नो मन्तव्य व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने,'प्रभु म्यानेजमेन्ट सँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले इसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ ।'

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया