ग्लोबल बैंक र ग्याँस विक्रेता महासंघबीच क्यू आर मार्फत भुक्तानी सम्झौता

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड र ग्याँस विक्रेता महासंघ नेपालबीच ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्याँस खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरू 'स्मार्ट च्वाइस टेक्नोलोजीज' र 'फोन पे' सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्द्धनका लागि ग्यास विक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ ।
महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया