आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

एनबी बैंकलाई नबिलमा गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति

फाइल फोटो

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आज सैद्धान्तिक सहमति दिएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । 

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । 

हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस एक्विजिसन पश्चात्हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २२ अर्ब ८४ करोड रुपैयाँको हुनेछ ।

पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब भन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पश्चात्बैंकको प्राथमिक पुँजी ४४ अर्ब भन्दा बढी हुन आउनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंककोप्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । 

यसैगरी छ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात्बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ ।  

एक्विजिसन पश्चात्नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब१ अर्बर कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्ने बताइएको छ ।