बागमती प्रदेश सभा: २ विधेयक पारित

मकवानपुर - तीन महिनापछि आज आइतबार बसेको बागमतीको प्रदेशसभा बैठकमा २ वटा विधेयक पारित भएका छन् ।
बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ ।
यसैगरी पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएका छन् ।
आज कै बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले २ विधयेक पेश गरेका छन् ।
खनालले प्रदेश विपद व्यबस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचारमाध्यम व्यवस्थान ऐन २०७५ लाई संशोधन गर्न बनेको विद्येक र प्रदेश अनुसन्धान ब्यूराे सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका हुन् ।
खनालले पेश गरेको केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया