'निर्वाचनअघि महिलाले काम गर्न सक्छन् र भन्थे, गरेर देखाएँ'

मुलुक संघीयतामा गएपछि गाउँगाउँमा स्थानीय सरकार बने । संघीयतासँगै समावेशीकरणको सुरुवात भयो । हरेक क्षेत्रमाा महिलाको प्रतिनिधित्व सुनिश्चित गरियो । यदपि अधिकांश पालिकामा महिलालाई उपप्रमुखमै सीमित गरियो । केही पालिकामा भने महिलाहरू नै नेतृत्वमा पुगे । महिला पालिका प्रमुख हुनेमध्येकै एक हुन् झापाको कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्ले पनि । यसैसन्दर्भमा कमल गाउँपालिकाका प्रमुख काफ्लेसँग इकागजकर्मी अतिन आचार्यले गरेको संवाद:
गाउँपालिकाको वेभसाइटमा 'समृद्ध कमल हाम्रो सरोकार'सहितको नारा लेखिएको छ । नारा सुन्दर छ गाउँपालिका समृद्ध बन्यो त ?
हाम्रो लक्ष्य समृद्ध कमल हाम्रो सरोकार नै हो । संघीयता लागू नहुँदासम्म जनतालाई केन्द्रसम्म पुग्न गाह्रो थियो । पहुँच भएकाहरू मात्र पुग्ने गरेको अनुभव हामीसँग छ । अहिले सरकार जनताको गाउँघरमा आइपुगेको छ । खानेपानी, विद्युत, शिक्षा र सडक सबैको सुविधा स्थानीय सरकारमार्फत जनताले सेवा-सुविधा पाउन् भन्नु हो । मुलुकमा तीन तहको सरकार रहँदा हामीले आफ्नो गाउँपालिकालाई समृद्ध सरकार बनाउन खोजेका हौँ । त्यसैअनुरुप कमल गाउँपालिकालाई समृद्ध कमल हाम्रो सरोकार भन्ने लक्ष्य राखेका हौँ ।
मुलुकले संघीयता थेग्न सक्दैन भन्ने आवाज पनि उठ्यो, स्थानीय तहको संस्थापक नेतृत्व भएका हिसाबले के भन्नुहुन्छ ?
संघीयता लागू भएपछि मुलुकमा तीन तहको सरकार बनेको छ । स्थानीय तहले जुन अधिकार प्राप्त गर्यो त्यसले तल्लो तहका मानिसले आफूले अधिकार प्रयोग गर्न पाएको महसुस गरेका छन् । एकद्वार प्रणाली थियो त्यो भत्केको छ । स्थानीय सरकार बनेपछि नागरिकले सहजै आफ्नो अभिभावकत्व पाएको महसुस गरेका छन् । संघीयता लागू भएपछि फरक कोणबाट बहस पनि सुरु भइसकेको छ । संघीयता संस्थागत भएको र काम पनि गर्न सक्छन् भनेर आम जनताले आभास गरेका छन् । शक्तिको केन्द्रमा रहने मानिसले विरोध गरेका हुन् । परिवर्तन नचाहनेहरूको मात्र यो आवाज रहेको हो ।
जनप्रतिनिधि बढी भएकाले स्थानीय तहमा बढी खर्च र भ्रष्ट्राचार पनि भयो छ । यसलाई कसरी लिनु भएको छ ?
यसभन्दा अघि पनि स्थानीय तह थिए । अहिलेको भन्दा धेरै खर्च हुने गरेको थियो । अहिले भने एउटा गाउँविकासलाई एक-एक वडा बनाइएको छ । धेरै खर्च लिए भन्छन् तर धेरै पालिका हुँदा झन थोरै खर्च हुन्छन् । उनीहरूले पाउने र लिने सेवासुविधा सामान्य हो । स्थानीय तह बनिसकेपछि करको दायरा फराकिलो बनाइएको छ । हामीले उपलब्धिमूलक काम गरेका छौँ। विरोध पनि नाम मात्रको विरोध भइरहेका छन् । काम गर्ने स्रोत-साधन जुटाउने कुरामा विरोध भएको छैन ।
तपाईंको कार्यकालमा गाउँपालिकाबासीले खोजे जस्तो स्थानीय तहको अनुभव गर्न पाए कि पाएनन् ?
स्थानीयले धेरै कुरा पाएका छन् । पहिलो कुरा त स्थानीयका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिएको छ । मूल सडकसँग गाउँका हरेक मार्गलाई लगेर जोडिएको छ । एउटा स्थानीय तह भएपछि वितरण गर्नुपर्ने कुराहरू के-के हुन त्यसलाई महत्त्वका साथ राखेर हामीले सेवा प्रवाह गरेका छौँ ।
कार्यकाल सकिँदै गर्दा कमल गाउँपालिकालाई वास्तविक 'गाउँपालिका' जस्तो बनाउन के–के गर्नुभयो ?
पाँच वर्षमा कमला गाउँपालिकालाई कस्तो पालिका बनाउने भनेर योजना बनाएका थियौँ । जसमा गाउँपालिकाको प्रोफाइल बनाएका छौँ । कृषिदेखि अन्य पूर्वाधारका लागि गुरुयोजना बनाइसकेका छौँ । महेन्द्र राजमार्गसँग जोडिएका हरेक गाउँका बाटाहरूलाई कालोपत्रे बनाएर मजबुत बनाएका छौँ । बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा छौँ । केही वडालाई बालमैत्री वार्ड घोषणा गरिसकेको र अन्यलाई पनि गर्ने तयारीमा छौँ । निर्वाचित भएर गइसकेपछि पूर्वाधारसँगै मानव सभ्यताका काममा थुप्रै काम गरेका छौँ । शिक्षा, स्वास्थ्य र कृषिमा विकास गरेर सबै क्षेत्रमा हामीले हिजोभन्दा धेरै कुराहरू परिवर्तन गरेका छौँ । सरकार भएको महसुस गरेर नागरिक भएर सेवा सुविधा प्रदान गरेका छौँ ।
नागरिकको अपेक्षाअनुसार काम गर्न सक्नुभयो कि भएन ?
गाउँपालिकाभित्र निर्वाचित भएर आइसकेपछि ६० देखि ७० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी गाउँका बाटोहरूमा हामीले ग्राबेल गरेका छौँ। काठका पुलहरूलाई विस्थापित गरेर पक्की पुल भएका छन् । यातायात सहज रुपमा जाने आउने गर्छन् । विद्युतका पोलहरू विस्तार भएका छन् । शुद्ध खानेपानीका निम्ती १२ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण भएका छन् । दुई करोड रुपैयाँ भन्दा बढीको खानेपानीको पायप विस्तार गरेका छौँ । कृषि क्षेत्रमा सुख्खायाममा बाली लागउन सहज होस भन्नलाई सिँचाईको व्यवस्था गरी मोटर वितरण गर्यौँ । गाउँमा कृषि उत्पादन बढाउन निशुल्क माटोको प्रयोगशालमा लगेर परीक्षण गरेका छौँ । युरिया र डिएपीको विकल्पका लागि जैविक मलको उत्पादन बढाएर स्थानीय उत्पादनको वृद्धि गर्ने लक्ष्य राखेका छौँ । व्यवसायलाई बढाउन बिना ब्याज ऋण अनुदान गर्न कोष खडा भएका छन् ।
गाउँबासीलाई खानेपानीको व्यवस्था कसरी गर्नुभएको छ ?
साढे चार लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण सम्पन्न भइसकेको छ । थप तीन वटा टयांकीबाट रातो फिल्टर नभएर फलाम मिसिएका पानी खान बाध्य थिए । अहिले भने पूर्ण रुपमा त्यस्ता ट्यांकीलाई विस्थापित गरिसकेका छौँ । पाइपबाट लैजाने पानीलाई पाइपको व्यवस्था गरेका छौँ । गाउँपालिकाभरिको सबै स्थानमा खानेपानीको आवश्यकता छ भनेर पाइपको व्यवस्था भइसकेको छ । शुद्ध खानेपानी सबै घरमा पुर्याउन डिपीआर बनाएर काम गरिरहेका छौँ । विद्यालयमा शुद्ध खानेपानी व्यवस्था गर्न फिल्टरको राखिदिएका छौँ ।
चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकता के–के थिए ?
हाम्रो पहिलो प्राथमिकता सडक सञ्जाललाई व्यवस्थित गर्ने थियो । ६० किलोमिटर भन्दा बढी बाटोलाई कालोपत्रे गर्ने भनेक थियौँ । रतुवा र कमल जस्ता ठूला-ठूला खोलालाई तटबन्ध गर्ने काम गरिरहेका छौँ । सौर्य उर्जामार्फत कृषिमा सिँचाइको व्यवस्था गरिदिने भनेका थियौँ । सिँचाइ प्रणालीलाई व्यवस्थित गर्ने काममा लागेका छौँ। विपन्न नागरिकलाई सुरक्षित आवास कार्यक्रम अन्तर्गत जनता आवास कार्यक्रमको सुरुवाती गरेका छौँ । स्वास्थ्य बिमाको कामलाई अगाडि बढाइसकेका छौँ । आदिवासी सन्थालका छोराछोरीलाई निशुल्क रुपमा प्राविधिकि शिक्षा दिएका छौँ । माध्यमिक विद्यालयका ४०-५० कोठा बनाएका छौ । घोषणापत्रमा भनेको ९५ प्रतिशत काम सम्पन्न गरिसकेका छौँ ।
गाउँपालिका प्रमुख भएर पनि गर्न नसकेको कामहरू केही छन् ?
गाउँपालिकामा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सकिएन भन्ने लाग्छ । धनीपुर्जाविहीनलाई पुर्जा दिन समयमा सकिएन । समयमा आयोग बनेनन् । रत्तुवामाई वृक्षारोपणको जग्गा पालिकामार्फत रहेको भए धेरै काम गर्न सकिन्थ्यो भन्ने लाग्छ । पालिकामा भएको रंगशालालाई विवादको कारण नामाकरण गर्न सकिएको छैन । गाउँपालिकाले नामाकरण मात्र गर्न सकेको भए धेरै फाइदा लिन सक्थे ।
गाउँपालिकामा जनसंख्या कति छ ?
जनगणनामा तथ्यांक विभागले निकालेको गणनामा ५३ हजार बढी देखाएका छन् । गाउँपालिकाले बालबालिकामैत्री गाउँपालिका घोषणा गर्न गणना गर्दा ५८ हजार माथि निस्केको छ । गाउँपालिकाले निकालेको तथ्यांकको अनुसार ५८ हजार जनसंख्या छन् ।
देशको सबैभन्दा ठूलो महेन्द्र राजमार्ग जोडिएको गाउँपालिका हो । पालिकाभित्रको बाटालाई मुख्य राजमार्गसँग जोड्न सफल हुनु भयो कि भएन ?
राजमार्ग छुने धेरै बाटोलाई कालोपत्रे बनाइएको छ । केर्खाबाट छिर्ने, अमरडाँगी सडक कालोपत्रे भएको छ । एकता चोक, ट्राफिक चोक, चुलाचुली, सितापुरी, नमुना, सहिद मार्ग र वसन्त चोकबाट मुख्य सडकसँग सम्पर्क गराइएको छ ।
संघीय सरकार वा अन्य कुनै शक्तिबाट काम गर्न अवरोध भयो ?
हाम्रो स्थानीय तहको १४ वटा सडक संघीय सरकारले कटौती गरिसकेको छ । माग गरेका आयोजना भन्दा फरक खालका योजनाहरू तर्जुमा भएर आएका छन् । धेरै माग गरेता पनि केही माग भने अवश्य सम्बोधन भएका छन् ।
काम गर्दै–गर्दाको समयमा संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता आइपरे ?
केही कठिनाइ झेल्नैपरेको थियो । निर्वाचित भएर कार्यभार सम्हाल्दै गर्दा कर्मचारीको अभाव भएका थिए । हामीले स्थानीय तहको ऐन संघ र प्रदेशले बनाएपछि मात्र बनाउनुपर्थ्यो । माथिल्लो दुवै तहका सरकारले बनाएपछि मात्र स्थानीय तहको ऐन बनाउनुपर्छ । तर बनाउँदा पनि माथिका कानुनसँग बाझिने खालको हुनुहुँदैन । संघीय सरकारले बनाएका धेरै कुराहरू शंशोधन गर्नुपर्ने रह्यो । हामीले शिक्षा र सहकारीको क्षेत्रमा छिटो ऐन बनाइ सकेका थियौ । संघ र प्रदेशले बनाइसकेपछि कार्यविधिमार्फत शंशोधन गरिएको थियो ।
पुरुषप्रधान समाजमा गाउँपालिकाको प्रमुखमा भएर काम गरिरहनु भएको छ । व्यवहारिक काम गर्दा विभेद महसुस भयो कि भएन ?
राजनीतिक कार्यकर्ता भएकाले विभिन्न संघ संगठनमा काम गरिसकेकाले काम गर्दा त्यस्तो असहज अवस्था महसुस गर्नु परेन । निर्वाचनको समयमा महिलाले काम गर्न सक्छन् कि सक्दैनन् भनेर आवाज आएको थियो । यद्यपि सुरुमा केही समस्या आएको थियो । काम गर्दा त्यस्तो समस्या भोग्नुपरेन ।
अवसर पाउँदा महिलाले काम गर्न सक्छन् भन्ने लाग्यो ?
पितृसत्तात्मक सोचका कारण महिलालाई विश्वास नगर्ने र उनीहरूलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाइएको हुन्छ । धार्मिक,सामाजिक तथा सांस्कृतिक कारणले महिलालाई हेर्ने दृष्टिकोण गलत छ । सुरु-सुरुमा केही समस्या देखिए तर, पछि सहज हुँदै गयो । महिलाहरूले अवसर पाएमा नेतृत्त्व गर्न सक्छन् भनेर मानिसहरू खुल्न थालिसकेका छन् । श्रीमानले श्रीमतीलाई र आफ्ना दाजुभाइलाई बाहिर पठाउन थालेका छन् । महिलालाई पनि अब दिनुपर्छ भन्ने भएको छ । महिलाले अवसरमा पाएमा काम गर्न सक्छन् भन्ने भइसकेको छ ।
पदावधि सकिन केही समय मात्र छ, आगामी नेतृत्वका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
गाउँपालिकाभित्रका समग्र वस्तुस्थितिलाई हेरेर बजेट वितरण गर्ने गरेक छौँ । आगामी नेतृत्त्वले पनि त्यहीँ अनुसार समानमुखी ढंगले व्यवहार गर्नुपर्छ । पिछडा, विपन्न वर्ग र भौगोलिक रुपमा पछि परेका स्थानको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । महिला नेतृत्त्वको क्षमतामा विकास गर्नुपर्छ । महिलालाई आत्मनिर्भर र सक्षम बनाउन विभिन्न कार्यक्रम ल्याउनुपर्छ । लक्षित वर्गलाई तालिम दिएर व्यवसायिक बनाउनुपर्छ ।
त्यसो भए पुनः गाउँपालिकाको प्रमुखमा उम्मेदवार दिने सोचाइमा हुनुहुन्छ कि ?
म व्यक्तिगत रुपमा उम्मेदवारमा उठ्ने पक्षमा छैन । पार्टीले के गर्छ त्यो निर्णयमा भर पर्छ ।
नगर प्रमुख भएको हैसियतले आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
आफ्नो कामप्रति मानिस कहिले पनि सन्तुष्ट हुँदैन । जे जति काम गरेको छु राम्रो काम गरेको छु । नागरिकले सम्झिएनन् भने पनि भविष्यमा राम्रो काम गरेको भनेर सम्झनेछन् । मेरो कामलाई ८ नम्बर दिन्छु ।
संवाद शृंखला–२७ : हामीले १ अर्ब २० करोड वैदेशिक अनुदान स्वीकार गरेनौँ
संवाद शृंखला-२६ : सिंहदरबार गाउँमा पुग्यो, जनताको घर-आँगनमा पुगेन
संवाद शृंखला-२५ : पाँच वर्षको उपलब्धि : श्रीलंका टापुमा बत्ती बल्यो, कोशीमा डुंगा चल्यो
संवाद शृंखला- २४ : देवदहमा जनताले अनुभूति गर्ने गरी काम गरेको छु
संवाद शृंखला- २३ : संघले प्रदेशलाई, प्रदेशले स्थानीयलाई हेपेका छन्
संवाद शृंखला- २२ : तेस्रो लिङ्गीलाई भत्ता, सासू-ससुराको आदर गर्नेलाई पुरस्कार
संवाद शृंखला- २१ : बुटवलमा चुनावी घोषणापत्रभन्दा बढी काम भए
संवाद शृंखला- २० : पालिकामध्ये देशभरमै पछि छौँ, शिक्षा र रोजगारी प्राथमिकता छ
संवाद शृंखला- १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल गरायौं
संवाद शृंखला- १८ : संघीय सरकारले २० वर्षसम्म गर्न नसकेका काम पाँच वर्षमा भएका छन्
संवाद शृंखला- १७ : स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो छ
संवाद शृंखला- १६ : हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो
संवाद शृंखला- १५ : दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु
संवाद शृंखला- १४ : हातखुट्टा बाँधेर अगाडि चौरासी व्यञ्जन राखिदिएजस्तो भयो
संवाद शृंखला- १३ : हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ
संवाद शृंखला- १२ : धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु
संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु
संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ
संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु
संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्यौँ
संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो
संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ
संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ
संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्
संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु
संवाद शृंखला- २ : संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा गलत हो
संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्

सिंह मात्रै यता, अधिकारको दरबार चाहिँ केन्द्रमा

संघीय सरकारले राजनीतिक पूर्वाग्रह राख्यो

स्याउका सात लाख बिरुवा रोपेका छौँ, सहिद स्मृति आवासीय विद्यालय चलाएका छौँ

मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला ?

म आफूलाई १० मा १० अङ्क दिन्छु

कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्

पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ

प्रतिक्रिया