अन्नपूर्ण पदमार्गमा बढ्दै पर्यटक

लमजुङ- अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ । तेस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै विस्तारै आउन थालेका पर्यटक केही दिन अघिदेखि भने अझै वृद्धि हुँदा यस पदमार्गमा पर्यटकको चाप बढ्दै गएको हो ।
कोरोना सङ्क्रमणका कारण पर्यटक आउन छोडेको यस पदमार्गमा कोरोनाको तेस्रो लहरको जोखिम कम भएसँगै दैनिक दुई चार जनामात्र आउन थालेकामा यतिबेला भने दैनिक ४०/५० भन्दा बढी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का धारापानीस्थित पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।
पदमार्गमा अझै पर्यटक वृद्धि हुँदै जाँदा विगतका जसरी दैनिक चार पाँचसयभन्दा बढी पर्यटक आउने सम्भावना रहेको उनको भनाइ थियो । यतिबेला पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायीको आम्दानीसमेत वृद्धि हुन थालेको छ ।
पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “पर्यटक आगमनमा कमी हुँदा आम्दानी नहुने चिन्तामा बसेपनि यतिबेला भने राम्रो आम्दानी हुँदै जाने सम्भावना देखिएको छ । विगतमा दैनिक ५०÷६० हजारभन्दा बढी आम्दानी हुन्थ्यो त्यसरी नै अब पर्यटक बढेमा आम्दानी हुने बढी सम्भावना छ ।” यतिबेला गुरुङले दैनिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्न थालेका छन् । त्यस्तै जीतबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङ गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय पनि फस्टाउँदै जान थालेको छ ।
पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ जान र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । प्रवेशद्वार लमजुङमा पर्ने अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्ला जोडिएको छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया