तिहारमा रिलिज गर्ने घोषणासहित 'परस्त्री'को शुभमुहूर्त

काठमाडौँ - सुरज पाण्डेको डेव्यु निर्देशन रहने सिनेमा 'परस्त्री'को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा सिनेमाको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । सिनेमाको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको छ ।
लेखक तथा निर्माता दीपेन्द्र के खनालले सवैभन्दा पहिले आफूहरु गीतको छायांकन गर्ने अनि मात्रै काठमाडौंमा सिनेमाको सिन खिच्ने गरी तयार भएको बताए । मुस्ताङमा १० दिनसम्म सिनेमाको गीतको छायांकन गरिनेछ । भने, बाँकी ३० दिन काठमाडौं छायांकन सेड्युल राखिएको छ ।
नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने सिनेमाको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमाकी निर्मात्री शर्मिला पाण्डे हुन् ।
सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमालाई निरज कँडेलले खिच्ने छन् । निर्देशक पाण्डेले आफू र आफ्नो टिमले लामो समयदेखि सिनेमाको प्रि-प्रोडक्सनको राम्रो तयारी गरेकाले पनि राम्रो सिनेमा बन्ने विश्वास व्यक्त गरे । फिल्मका लागि केही कलाकार अडिसनबाट छानिएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया