कर्णाली प्रदेश : सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहिबारदेखि लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
संसदीय दलको नेता यामलाल कँडेलका अनुसार एमाले सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ । आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का रहेका थिए ।
संसदीय दलका नेता कँडेलले कर्णाली सरकारले काम गर्न नसकेको अवस्थामा आफुहरु एकजुट भएर अघि बढेको बताए । बैठकमा अनुपस्थित १० जना सांसदलाई लिखित स्प्रष्टिकरण दिने निर्णय गरेको छ । कर्णाली प्रदेशसभाका ४० जना सांसदमध्ये एमालेका २० जना सांसद छन् । नेकपा माओवादीका १३ जना सांसद छन् भने नेपाली काँग्रेसका ६ जना र राप्रपाका एक जना सांसद छन् ।
कर्णाली प्रदेशका प्रतिपक्ष दलका सांसद जिवनबहादुर शाहीले परिस्थिति अनुसार अघि बढ्ने बताए । आफुहरू अहिले निर्णायक नहुने र परिस्थिति अनुकुल हुनेगरी अघि बढ्ने उनको भनाई छ ।
गत असोजमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि कर्णालीमा विवादको सुरु भएको थियो । ती मध्ये माधव नेपाल पक्षका सांसदले शाहीमाथि अविश्वासको प्रस्ताव फिर्ता लिएपछि शाहीको पद जोगिएको थियो ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया