होफेनहाइमसँग रोकियो बायर्न

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिख होफेनहाइमसँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।
घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।
बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेर शीर्ष स्थानमा कायम छ । होफेनहाइम ४४ अंक साथ पाँचौं स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया