रुसी सेनाको दाबी— युक्रेनमा मानवीय अवस्था डरलाग्दो

किभ— रुसी सेनाले युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।
‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने ।
युक्रेन राष्ट्रवादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरू बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बन्चित भएको उनले बताए ।
दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रवादीहरूले घेरा हालेको सहरमा लाखौं मानिस फसेको उनले बताए ।
‘विदेशीसहित लाखौं मानिसहरूलाई राष्ट्रवादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने । युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया