दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा ६० व्यक्तिको मृत्यु

एजेन्सी - प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् ।
लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भने, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।'
घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियोे ।
भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ । सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ । जीर्ण रेलमार्गको अवस्थाको कारण देशको यस भागमा रेल दुर्घटनामा परी हरेक बर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया