‘ओलीलाई आलोचना मन पर्दैन, भजनमण्डलीको चाहना छ’

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आलोचना सहन सक्ने क्षमता नभएको टिप्पणी गरेका छन् । आफ्नो पक्षको भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता नेपालले ओलीलाई आफ्नो भजन गाएको मात्र मन पर्ने बताएका हुन् ।
‘सबै समस्याको जरो भनेको ओलीमा भएको अहंकार, भजन मण्डलीको चाहना हो । उहाँलाई आलोचना मन पर्दैन,’ उनले भने, ‘सुझाव मन पर्दैन ।’ ओलीले सधैँ विधि र पद्धतीको उल्लंघन गरेको नेपालको आरोप छ ।
‘उहाँले विधि पद्धतीको सँधै उल्लंघन गर्नु भयो । जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति हाबी भयो,’ उनले भने, ‘आफ्नो गल्तीको दोष अरुलाई थुपार्ने काम गर्नुभयो । झुट र अपव्याख्याको खेती गर्नुभयो । भ्रम पैदा गर्ने काममा जुटिरहनु भयो ।’ ओलीले आफ्नो व्यक्तिवादी बचाउन र प्रधानमन्त्रीको कुर्सी बचाउन संविधान विपरित काम गरेको नेपालको भनाइ छ ।

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

प्रतिक्रिया