बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

दार्चुलामा बहुमुल्य जडिबुटीसहित एकजना पक्राउ

दार्चुला - बहुमुल्य जडिबुटी सुनाखरीसहित दार्चुलामा एक जना पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलोमा सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका १ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताए ।

उनले भने, ' रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको हो ।' 

उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालयको जिम्मा लगाइने जनाइएको छ  भने यस बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।