मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

हामी पीडित-पीडित भेला भएका छौँ : माधव नेपाल

काठमाडौँ  : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षले गरेको भेलामा पीडित–पीडित मात्रै भेला भएको बताएका छन् । ओलीले हरेक क्षेत्रमा पुर्वाग्रह राखेर गुटको सुरुवात गरेको नेपालको आरोप छ । 

‘२०७१ सालमा ओली अध्यक्ष हुनु नै दुर्भाग्य भयो भनेर वामदेव अहिले पनि भनिरहनु भएको छ,’ उनले भने, ‘उहाँले हरेक क्षेत्रमा पूर्वाग्रह राख्नुहुन्थ्यो । गुटको सुरुवात उहाँले गरेको हो । मदन भण्डारी फाउण्डेसनको नाममा । तपाइहरु पनि साक्षी हुनुहुन्छ ।’ 

उनले भेलामा सहभागी सबैलाई ओलीले पीडित बनाएको पनि बताए । ‘तपाईं पनि पीडित हामी पनि पीडित । हामी पीडित–पीडित भेला भएका छौं’ उनले भने ।